किङयुथ क्लव र पर्शुराम मेमोरियल क्लव फाईनलमा प्रवेश

हरिश चन्द
डडेल्धुरा ३० जेठ- डडेल्धुरामा पदम मेमोरियल कप फाईनलमा किङयुथ क्लव डडेल्धुरा र पर्शुराम मेमोरियल क्लव फाईनलमा पुगेका छन । पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लबद्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता सोमवार भएको सेमिफाईनल खेलामा जित हासिल गरेपछि दुई वटै टिम फाईनलमा पुगेका हुन ।

सेमि फाईनलको पहिलो खेलमा पर्शुराम मेमोरियल क्लवले बेष्ट डडेल्धुरालाई पराजित गरेपछि पर्शुराम मेमोरियल फाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिले फिल्डी रोजेको पर्शुराम मेमोरियलका कप्तान धिरज साउदले २० ओभरको खेलमा १३४ रनको लक्ष्य पाएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ब्याटिङमा बेष्ट ब्रदरका तर्फ वाट रोहित ४५ राजेश भट्टले ३५ रन अरु ब्यस्ट्स म्यानले दोहोरो अंक वनाउन सकेनन जसका कारण १४.३ ओभार मै सिमित भयो । बलिङ तर्फ बेष्ट ब्रदरका खेलाडि प्रविन अवस्थी र धिरज जैरुले सामान २ विकेट कप्तान निर्मल रोक्का, दिपेन्द्र जैरुले एक विकेट हात पारे । जवाफिमा पर्शुराम मेमोरियले २ विकेटले जित हात पारे ।

पर्शुराम मेमोरियको ब्याटिङ तर्फ धिरज साउदले २३ रन मुकेश कठायत १७ रन नवराज भट्ट १५ रन नरेन्द्र धामी १३ रन वनाउदा १७.१ ओभरमा खेल जित हात पारेको हो । दोस्रो सेमिफाईनलमा किङयुथ क्लवले योङ्गस्टारलाई पराजित गरि फाईनलमा प्रवेस गरेको छ । टस जितेर ब्याटिङरोजेको योङ्गस्टार ए ले २० ओभरको खेलमा किङयुथ क्लवलाई १३५ रनको लक्ष्य दिएको थियो ।

योङ्गस्टार एका तर्फ वाट राजन जैरुले ३४ रन, शुरेश नगरकोटीले २२ रन नरेश जैरुले १७ रन, चन्द्र बुढाऐरले १४ रन शिशिर नगरकोटीले १३ रन वाहेका अन्य खेलाडिले दोहोरा अंक वनाउन सकेनन् । निर्धारित २० ओभरका खेलमा १८ ओभरमा आफना सवै विकेट गुमाएर किङयुथ क्लवलाई १३५ रनको लक्ष्य दिएको हो । वलिङमा सुनिल तामाङले ३ विकेट, अमृत पाठक र किसनले सामान दुई विकेट गणेश देउवा र सन्तोश भट्टले एक विकेट लिएका थिए । किङयुथ क्लवले १४ ओभरमै जित हाँसिल गर्‍यो ।

जवाफिमा किङयुथ क्लवका ओपनर ब्यटस्म्यान सन्तोष भट्टले दुई छक्का एक चौका प्रहार गरेर आउट भए । त्यस्तै अमुल रावले तिन छक्का र दुई चौका २७ रन हरिश चन्दले एक छक्का चार चौका प्रहार गरि २९ रन अमित पाठकले १८ रन सुनिल तामाङले ११ रन वनाउदा खेल निकै प्रतिशपर्दामा पुगेको थियो । फाईनल खेल भोलि १२ वजे खेलाईने आयोजकले जनाएको छ।

Loading...