कैलालीकाे गोदावरी ५ मा अटो पल्टिँदा तीन जना घाइते

अत्तरिया, ३० जेठ- कैलालीमा अटो पल्टिँदा तीन जना घाइते भएका छन् । गोदावरी नगरपालिका ५ गेटा वन कार्यालय नजिक धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ह ५०४५ नम्बरको अटो सोमबार बिहान पल्टिएको हो ।

Dadeldhura hospital

अटो पल्टिँदा चालक गोदावरी ५ बस्ने २८ वर्षीया तिलक पन्त, अटोमा सवार कञ्चनपुको कृष्णपुर नगरपालिका ९ की ३० वर्षीया दुर्गेश्वरी ऐडी र सोही ठाउँकी ३२ वर्षीया उजेलादेवी मण्डेल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अटो आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ ।

Navadurga sun
Godawari sandesh

घाइते तीनै जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको र अवस्था सामान्य रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । अटो प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...