नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सा.सु. भत्ता लिने १४ जनालाई कारवाही

बैतडी, २८ जेठ– बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरु १४ जनालाई कारवाही र जरिवाना हुने भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिएको गुनासो आएपछि सोधपुछ तथा प्रशासनमा रहेको विवरण हेर्दा डिलाशैनी गाउँपालिकाका १३ र दोगडाकेदार गाउँपालिकाका १ जनाको नागरिकता केरमेट गरेको पाइएको हो ।

Navadurga sun
Godawari sandesh

वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको हो । कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र कुनैको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

Dadeldhura hospital

उनले भने, ’केरमेट गरेको पाइएपछि किन सच्याइएको रहेछ भनेर हेर्दा जन्ममिति बढाएको र सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो ।’

यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकाहरुलाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । त्यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐन अन्तर्गत थप कारवाही हुने जनाइएको छ ।

उनले भने, ‘सच्याएर भत्ता लिनेहरूले अहिलेसम्म लिएको रकमको दोब्बर जरिवाना तिर्नुका साथै नागरिकता ऐन अन्तर्गत कारवाही हुन्छ ।’

यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन । उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारवाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

Loading...