डोटीमा एक शिक्षक मृत फेला

डोटी, २६ जेठ– डोटीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी स्थानीय सातफरी आधारभूत विद्यालयका शिक्षक हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

बिहीबार बिहान घर नजिकैको लुगा सिलाउने पसलमा शिक्षक बिकको शव फेला परेको चवराचौतारा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक ईश्वरी बमले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

बुधबार राती विद्यालयमा पुस्तक पुर्‍याएर फर्किएका शिक्षक बिकलाई उनकै बुवाले राती ११ः३० बजे घरभन्दा २० मिटर परको सडकमा घाइते अवस्थामा फेला पारेको परिवारका सदस्यलाई उदृत गर्दै प्रहरी नायव निरीक्षक बमले जानकारी दिए । घाइते अवस्थामा भेटिएका उनलाई परिवारका सदस्यले घरमा ल्याएका थिए । केही समयमा उनको निधन भएको थियो ।

प्रहरीका अनुसार मृतकको कम्मरमा चोटपटक लागेको देखिन्छ । प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।

Couple
Loading...