सडकमै ग्यारेज दुर्घटनाको जोखिम : सम्वन्धित निकाय बेखवर

हरिश चन्द
डडेल्धुरा- विग्रीएका यातायातका सवारी साधन विच सडकमै पार्कीङ गरी मर्मत गर्दा डडेल्धुराका स्याउले चोकमा दुर्घटनाको जोखिम वढेको छ । सडक आफैमा साँघुरो र उसैमा विग्रीएका यातायातका सवारी साधन लाई स्याउले चोकमा रहेका ग्यारेजहरुले विच सडकमै मर्मत गर्न थालेकाले स्याउले चोक भएर ओहर दोहर गर्नका लागि समस्या भनुका सथै सम्वन्धित निकाय भने बेखवर वनेका छन ।

डडेलधुरा स्याउले वजार चोकमा विग्रीएका यातायातका सवारी साधन लाई अव्यवस्थीत रुपमै पार्कीङ गरी विच सडकमै मर्मत गर्दा दुर्घटनाको जोखिम वढेको छ । जिल्लाको अमरगढी नगरपालीका १ स्याउले चोकमा सडक अतिक्रमण गरेर निर्माण गरेका ग्यारेजका ग्यारेजधनीहरु विच सडकमै विग्रीएका यातायातका सवारी साधनलाई पार्कीङ गरी मर्मत गर्ने गरेकाले दुर्घटनाको जोखिम वढेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदुरपश्चिम प्रदेशका सातवटै पहाडि जिल्ला र तराईका दुई जिल्ला जाने प्रमुख केन्द्र समेत रहेको स्याउले चोकमा विग्रीएका यातायातका सवारी साधनलाई ग्यारेजधनीहरु सडकको दाया र वायाँ दुवै तर्फ पार्कीङ गरेर मर्मत गर्दा यो वाटो ओहर दोहर गर्नका लागि समस्या हुने गरेको छ ।

विग्रीएका यातायातका सवारी साधन लाई विच सडकमै पार्कीङ गरेर मर्मत गर्दा पैदल ओहर दोहर गर्ने देखी लिएर यातायात संचालनका लागि समस्या भएकाले स्याउले चोकवाट ग्यारेज अन्यत्र व्यवस्थापन गर्न स्थानियले माँग गर्नका साथै स्थानिय सरकारले पनि यसमा चासो दिनु पर्ने स्थानिय शेर वहादुर दियालले बताउनु भयो । विच सडकमै विग्रीएका यातायातका सवारी साधन मर्मत गर्दा एका तर्फ दुर्घटनाको जोखिम वढेको छ भने अर्को तर्फ सडकको कालोपत्रे उप्कन थालेको छ ।

अमरगढी नगरपालीका १ कै ढुन्ढुनेमा ग्यारेज व्यवस्थापन गर्न खोजिएको भएपनि अहिले सम्म नवन्दा झन समस्या आएको छ । अमरगढी नगरपालिका वडानं.१ वडाअध्यक्ष लोकेन्द्र बहादुर ऐरले भने बजार ब्यवस्थापन र ग्यारेको ब्यवस्थापनको लागि एक हप्ता भित्रै सवै निकाय सँग छलफल गरि निकास दिने ऐरले बताउनु भयो ।

उता सडक डिभिजन कार्यालयकुलपातेले दुई पटक टेण्डको सुचना निकाल्दा पनि स्थानिय स्तरमा सहयो नपाउदा आफुलाई समस्या आएको जनाएको छ । दुई कार्यालयका विचमा समन्वय नहुँदा एका तर्फ ग्यारेजहरु व्यवस्थीत रुपमा स्थापना हुन सकेका छैनन् भने अर्को तर्फ लाखौ रकम खर्च गरेर निर्माण शुरु गरेको कार्य अल्पत्र परेको छ ।

Loading...