कैलालीमा आफ्नै आमालाई कुटपिट गरि छोरा फरार

धनगढी, २२ जेठ- कैलालीको टीकापुर नगरपालिका १ का २४ वर्षीय सागर शाहीले ४५ वर्षीया आफ्नी आमा मीना शाहीको टाउकोमा ढुङ्गाले हानेर गम्भीर घाइते बनाएका छन्।

उनले शनिबार राति १० बजे घरायसी कुरामा विवाद हुँदा आफ्नै आमाको टाउकोमा ढुङ्गाले हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी मीनालाई उनका आफन्तले टीकापुर अस्पताल पुर्‍याएका थिए।

Navadurga sun

अस्पतालमा सामान्य उपचारपश्चात उनलाई थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज रिफर गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आमालाई हानेर सागर फरार भएका र उनको खोजी कार्य भइरहेको प्रवक्ता जोशीले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...