

धनगढी, २१ जेठ– हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो शाखाको रुपमा बडैपुरमा बिस्तार भएको छ । संस्थाले कैलालीको गौरीगंगा नगरपालिकामा शाखा विस्तार गरेको हो ।


सो शाखाको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री सोडारीले हिमशिखर सहकारीले विगतका वर्षदेखि नमूना काम गर्दै आएको प्रशंसा गरे ।



उनले सहकारीले समाजसँगै राष्ट्र निर्माणमा महत्वपूणर् भूमिका खेलेको भन्दै यो सहकारीले गौरीगंगा नगरपालिकामा नमूना काम गर्ने बताए ।
सहकारीका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा सहकारीका प्रबन्धक महेन्द्र शाही लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा गौरीगंगा नगरपालिका उपाध्यक्ष भोज बम, सहकारी संघका अध्यक्ष फणी सापकोटा हिमशिखरका उपाध्यक्ष रोशन सिंह सहकारीका सचिव विमल जोशी लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गौरीगंगा नगरपालिका वडाध्यक्ष विष्णु भाटले मन्तव्य व्यक्त गरेका थिए ।

