एमाले कैलाली ईन्चार्ज रानाले आफु बिरुद्ध समाचार प्रकाशन गरी अपवाह फैलाएको भन्दै आपत्ति

धनगढी, २१ जेठ– नियोजित रुपमा आफ्नो चरित्रहत्या गर्न गलत समाचार सम्प्रेषण गरिएको भन्दै एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले आपत्ती जनाएका छन ।

उनले एक प्रेस बिज्ञप्ति निकाल्दै आपत्ती जनाएका हुन । केही दिन अघि दृष्टी न्युज नामक अनलाईन पोर्टलले ञएमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तरघातीझ भन्ने शिर्षकमा समाचार सम्प्रेषण गरेको प्रति रानाले आपत्ति जनाउदै शनिबार प्रेस विज्ञप्ती जारी गरेका हुन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भनेका छन ञहामी दिनरात नभनी आफ्नो पार्टिको उम्मेदवारको पक्षमा माहोल बनाउन हिडेको दुनियाँले देखेकै छ,सबैले मेहनत गरेकै हो तर परिणाम सोचेजस्तो भएन । धनगढीमा अरु राजनैतिक दलका उम्मेदवारलाई पनि सोही अनुरुप प्रमुखमा हार बेहोरेको छन् ,यो हाम्रो लागी अप्रत्याशित नतिजा नै हो ।

यसको छानवीन अनि लेखाजोखा पार्टीले गर्नेछ । तर जो व्यक्ति रातदिन नसुती वा चर्को घाम नभनी अभियानमा कमाण्डर बनेर हिडेको छ, उसैप्रति पुर्वाग्रह राखेर नियोजित अपवाहपुणर् समाचार लेखाइनु वा लेखिनु खेदजनक छ ।

समाचारमा धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार रणबहादुर चन्दलाई हराउन स्वतन्त्र उम्मेदवारसँग सम्झौता गरेको, गोदावरी नगरपालिकामा एमालेका मेयरका उम्मेदवार गोकणर् भट्टलाई अन्तर्घातबाट हराउन कार्यकर्ता परिचालन गरेको आरोप लगाइएको थियो ।

Loading...