स्थानीय जनप्रतिनिधिलाई जिसस चुनाव नसकी कार्यक्षेत्र नछाड्नआयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगले जिल्ला समन्वय समिति (जिसस)को चुनाव सम्पन्न नभएसम्म कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गरी आयोगले जिससको चुनाव नसकिएसम्म जनप्रतिनिधिलक्षित गरी कुनै कार्यक्रम नराख्न पनि आग्रह गरेको छ।

Navadurga sun

केही दिन अघि नेकपा माओवादी केन्द्रले नवनिर्वाचित आफ्ना जनप्रतिनिधिलाई काठमाडौंमा बोलाएर दुई दिने प्रशिक्षण दिएको थियो । अन्य दलले पनि प्रशिक्षणको तयारी गरिरहँदा आयोगले सचेत गराएको हो।

हरेक जिल्लामा रहने जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। जिससको निर्वाचन कार्यक्रम सुरु भएपछि बीचमा रोक्न नमिल्ने भन्दै आयोगले जिसस निर्वाचन नसकिँदै जनप्रतिनिधि प्रभावित गर्ने गरी कार्यक्रम नराख्न आग्रह गरेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...