दूरसञ्चार प्राधिकरणले भन्यो : मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्पर अफर’को मेसेज आए लिङ्क नखोल्नू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्पर अफर’ भनेर एसएमएस आएमा लिङ्क नखोल्न आग्रह गरेको छ ।

Dadeldhura hospital

मंगलबार एक सूचनामार्फत प्राधिकरणले एसएमएस कसले पठाएको भन्नेबारे अनुसन्धान भइरहेको र एसएमएसको लिङ्क नखोल्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

Navadurga sun
Godawari sandesh

पछिल्लो समय नेपाल टेलिकमका नम्बरहरूमा एउटा लिङ्क पठाएर त्यसमा क्लिक गरेर २० रुपैयाँमा प्रत्येक हप्ता १० ग्राम सुन जित्ने अवसर रहेको भनी भ्रमपूर्ण मेसेज पठाउने गरिएको प्राधिकरणले जनाएको छ । यसबारे अनुसन्धान थालिएको प्राधिकरणले जनाएको छ ।

Loading...