अटो-रिक्सा चालकका लागि धनगढीमा ट्राफिक प्रहरीले ल्यायो यस्तो नियम

धनगढी, १७ जेठ– धनगढीका अटो-रिक्सामा ७ दिनभित्र फलामको डन्डी लगाउन आह्वान गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अटो तथा ई-रिक्सामा फलामको डन्डी जडान नगरिएका कारण दुर्घटना हुने गरेको भन्दै सो आह्वान गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रहरीले एक सन्देश जारी गर्दै अटो तथा ई-रिक्सामा भइरहेको सवारी दुर्घटनाको अवस्था तथा प्रकृति विश्लेषण गर्दा रिक्साको दाँया तर्फको भागमा डन्डी जडान नहुनु दुर्घटनाको कारण भएको जनाएको छ । दाँया तर्फको भागमा डन्डी नहुँदा यात्रुहरु अटोबाट खस्ने, सहजै जथाभाबी चढ्ने तथा झर्ने गर्दा पछाडिबाट आइरहेको सवारी साधनले ठक्कर दिई घाइते, मृत्यु तथा धनजनको क्षति अत्यधिक मात्रामा भएको पाइएको जनाएको छ ।

Navadurga sun

चालकहरुलाई पटक पटक सम्झाई बुझाई गर्दा पनि केही चालकले नमानेको पाइएको भन्दै सात दिनभित्र आ-आफ्नो अटो तथा ई-रिक्सामा अनिवार्यरुपमा फलामको डन्डी जडान गर्न सन्देशमार्फत अनुरोध गरिएको छ ।

त्यस्तै सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताब साथमा राख्न, यात्रुहरुले सहजै देख्ने गरी भाडादर लिष्ट टाँस्न, चालकसँगै अगाडिको सिटमा यात्रु नराख्न, अनावश्यक ओभरटेक नगर्न, निर्माण सामाग्रीहरु ढुवानी नगर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र जथाभाबी पार्किङ तथा यू-टर्न नगर्न पनि भनिएको छ । नियमको पालना नगरेको पाइए कडा भन्दा कडा कारबाही गरिने समेत जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...