सुप माविद्वरा नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

अत्तरिया, १४ जेठ– कैलालीको गोदावरी नगरपालिका वडा नं.२ बनखेतमा अवस्थीत श्री सुदूरपश्चिम माध्यमिक बिद्यालयले गोदावरीकाका नब निर्बाचित उपमियर, वडा अध्यक्ष र वडा सदस्यहरुलाई शुभकामना बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

Navadurga sun

उक्त शुभकामना बधाई तथा सम्मान कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाको सभाध्यक्षमा संचालन भएको कार्यक्रममा विद्यालयका प्रअ नगेन्द्र नाथ योगी लगायत सम्पूर्ण शिक्षक/शिक्षिका लगायत विद्यार्थीहरुले उहाँहरुलाई दोसल्ला ओढाई शुभकामना बधाई तथा सम्मान गरिएको थियो ।

सोही अवसरमा गोदावरी नगरपालिका की उपमियर सारदा रोकाया, गोदावरी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष यज्ञ बहादुर महरा लगायत वडा सदस्यहरुलाई समेत बधाई तथा सम्मान गरिएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक खगेन्द्र नाथ योगीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...