बैतडी पाटन २ मा एमालेबाट पन्त अध्यक्षमा निर्वाचित

Dadeldhura hospital

बैतडी, १ जेठ- बैतडीको पाटन नगरपालिका वडा नं २ मा एमालेबाट महेश प्रसाद पन्त विजयी भएको छ । काग्रेसका उम्मेदवार महेन्द्र प्रशाद पन्तलाई पराजित गर्दै एमालेका उम्मेदवार महेश प्रसाद पन्त ५९८ मत ल्याएर विजयी भएका हुन भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र प्रसाद पन्तले ४६९ मत ल्याएका थिए ।

महेश प्रसाद पन्त यो वडामा प्यानल सहित विजयी भएका हुन् । यस्तै वडा सदस्यमा एमालेकै हरि सिह ऐर, हरि दत्त पाण्डेय, लक्ष्मी भट्ट (पाण्डेय ) र ईश्वरी लुहार विजयी भएका हुन् ।

Loading...