डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

डोटी आज (बिहीबार) बिहान बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Dadeldhura hospital

दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन्। ‘सामान्य घाइतेको स्थानीय क्लिनिकमा उपचाार भइरहेको छ, गम्भिर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला कुमार भट्टले भने।

Navadurga sun
Godawari sandesh

बस कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको थियो। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक र सहचालक फरार भएका छन्।

Loading...