बाजुराको बुढीगंगामा ५ करोडको लगानीमा ‘फन पार्क’ निर्माण हुने

Dadeldhura hospital

बाजुरा, १० बैशाख- संघीय सांसद लाल बहादुर थापाको पहलमा बुढीगंगा नगरपालिकामा ५ करोडको लगानीमा ‘फन पार्क’ निर्माण हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले नगरपालिकामा चैतेपिपल ‘फन पार्क’ निर्माण गर्न लागेको सांसद थापाको स्वकिय सचिब सुरेश रोकाया जानकारी दिएका थिए ।

मन्त्रालयले चैत २२ गते संघिय सरकारको ३ करोड २५ लाख र स्थानीय तहको १ करोड ७५ लाखको लगानीमा निर्माण हुने गरि बुढिगंगा नगरपालिकालाई परिपत्र समेत गरेको छ । फन पार्कको निर्माण कार्य २०७९ फागुन मसान्त सम्म सम्पन्न गरिसक्नुपर्ने छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदाररी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीपरिषद् बैठकबाट फागुन ३ गते उक्त योजना छनोटमा परेको हो ।

Loading...