पश्चिम सेती भारतको सहयोगमा बन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती परियोजनाको काम अगाडि बढाइने बताए ।मङ्गलबार नेपाली काँग्रेस डडेलधुराले आयोजना गरेको चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले २९ वर्षदेखि अन्योलमा रहेको पश्चिम सेती परियोजनाको काम कार्यान्वयन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको समझदारीमा भारतीय कम्पनीमार्फत निर्माणको काम अगाडि बढाइने बताए ।

सभापति देउवाले देशको विकास गर्ने पार्टी नेपाली काँग्रेस भएको बताउँदै स्थानीय तहको निर्वाचनमा कांग्रेसका उमेदवारलाई जिताउन आग्रह पनि गरे ।

godawari10 Mahila hinsa
Navadurga sun

डडेलधुराका सात स्थानीय तहमा काँग्रेसले नेतृत्व पाएमा प्रदेश राजधानीसमेत डडेलधुरा सार्ने आश्वासन दिँदै देउवाले भने, ‘‘मेयर, उपमेयर र पालिकाका सम्पूर्ण उम्मेदवार जिताउनुस् प्रदेश राजधानी डडेलधुरा सार्न कुनै समस्या छैन।’’

तत्कालीन समयमा डडेलधुरामा ठूलो सभाहलसम्म पनि निर्माण हुन नसक्दा अस्थायी राजधानी कैलाली सार्न बाध्य रहेको बताउँदै उनले सभाहल निर्माणसँगै व्यवस्थित बसपार्क र एयरपोर्ट निर्माणको काम अगाडि बढाइने आश्वासन दिए ।

Dadeldhura hospital

जिल्ला सदरमुकाममा रहेको बागबजारको सडक विस्तारका लागि घरधनीलाई मुवाब्जा उपलब्ध गराई व्यवस्थित बजार निर्माण गरिने सभापति देउवाले बताए ।

अमरगढी नगरपालिका–८ का जनतालाई लक्षित गर्दै देउवाले भने, ‘‘यसअघि अमरगढी नगरपालिकामा कम्युनिष्टको सरकार भएकाले विकास निर्माणको काम सुस्त भएको हो, अब कांग्रेसको मेयर जिताउनुस् खानेपानी योजना लग्नुस्।’’

उनले कांग्रेसको सरकार भएको पालामा मेलौली उग्रतारा सडक खण्डको कालोपत्रै काम अगाडि बढाइएको बताए । डडेलधुरा जिल्लाको विकासका लागि आफू प्रतिवद्ध भएर काम गर्ने बताउँदै सभापति देउवाले भने, ‘‘डडेलधुरा मेडिकल कलेजका लागि प्रारम्भिक काम अगाडि बढिसकेको छ।’ मैले बोलेका बाचाहरु पाँच वर्षभित्र पूरा गर्नेछु।’’

देउवा भन्नुहुन्छ, ‘‘डडेलधुरा गृह जिल्ला भएकाले म यहाँबाट भाग्न सक्दैन, अब डडेलधुराको समग्र विकासका लागि सक्रिय भएर लाग्नेछु।’’

सभापति देउवाले एकै दिन डडेलधुराको अमरगढी नगरपालिका र परशुराम नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्नुभएको हो। देउवा स्थानीय तहको निर्वाचनसम्म डडेलधुरा बस्नुहुने नेपाली काँग्रेस डडेलधुराका सचिव शेरबहादुर भण्डारीले बताए ।

Loading...