सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिँदै

Dadeldhura hospital

धनगढी, १० बैशाख– सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ। ५० शय्याको अस्पतालमा अहिले ३७ जना संक्रमित उपचाररत छन्। तीमध्ये ३ जनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखेर तथा १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको छ।

अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन्। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अहिले दैनिक १० जनासम्म संक्रमित भर्ना हुन आइरहेको बताए। यहि हाराहारीमा संक्रमित आऐ अस्पताल छिट्टै भरिने उनले बताए। अहिले जिल्लाभर ३ सय ३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ८६ जनालाई धनगढीको कनरीस्थित आइसोलेसनमा राखिएको छ। बाँकी होम आइसोलेसनमा छन्।

Loading...