पत्रकार महासंघ डडेलधुरा शाखा कार्यालयमा तोडफोड

नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले तोडफोड गरेका छन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा ताला लगाइरहेको उक्त भवनको ताला तोडेर अज्ञात समूहले शाखाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेको दराज तोडफोड गर्नुका साथै सभाकक्ष, स्टोरलगायतमा क्षति पु¥याउने काम गरेको उल्लेख गरिएको छ ।

Navadurga sun

‘जुनसुकै उद्देश्यले भए पनि सार्वजनिक हितका लागि निर्माण भएको भवनमा यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै शान्तिसुरक्षा र अमनचैनविरुद्धको कार्य हो । महासंघ घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...