निर्वाचनमा खटिने सुरक्षाकर्मीको ज्यान गए सरकारले २० लाख दिने

स्थानीय तहको निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गएमा सरकारले २० लाख रुपैयाँ दिने भएको छ।आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका क्रममा सुरक्षाकर्मीको ज्यान गए तत्काल २० लाख रुपैयाँ दिने निर्णय गरेको हो।

Dadeldhura hospital

गृह मन्त्री बालकृष्ण खाँणले आइतबारको बैठकमा गरेको प्रस्ताव पारित भएको गृह मन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

यस्तो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले प्राप्त गर्नेछन्। निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिनेछन्।

निर्वाचन सुरक्षा: यी चार ठाउँमा रहनेछन् सेनाका हेलिकोप्टर, आधा घण्टामा जुनसुकै मतदान केन्द्रमा पुग्ने

Loading...