पक्राउ परे ‘मिदी’ भन्दै फेसबुकमा भिडिओ पोस्ट गर्ने किशोर

केही दिनयता आफ्नो हास्य मिश्रित भनाइसहितको भिडिओबाट भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

करिब ३० सेकेन्डको यो भिडिओका कारण चर्को आलोचना भएपछि खोजी गरिरहेको प्रहरीले ती किशोरलाई बुधबार पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

ती किशोरको भिडिओ फेसबुक र टिकटकमा रातारात भाइरल भएपछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका किशोर कपिलवस्तुको वाणगंगा नगरपालिका(४ का १६ वर्षीय नवराज रेग्मी हुन्।

म्यादी प्रहरीको पोसाकमै सेल्फी भिडिओ सुट गर्दै उनले आफू मिदीमा भर्ना भइसकेकाले आफ्ना साथीहरुलाई जे जे गर्न मन लाग्छ गर्नु भनेका थिए।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

‘म्यादी प्रहरीको पोसाकमै  मिदी मिदी भन्ने किशोरलाई समातेका छौँ। सार्वजनिक अपराधको मुद्दा चलाइएको छ’, उनले भने, ‘गाँजा खान्छु खुवाउनुपर्छ भन्ने कुरा गम्भीर हो। अर्को उसले प्रहरी पोसाकको दुरुपयोग गर्यो।’

अनुसन्धानका क्रममा ती किशोर म्यादी प्रहरीमा भर्ना नै नभएको खुलेको छ। उमेरले पनि उनी म्यादीमा भर्ना हुन योग्य थिएनन्।

रेग्मीले म्यादीमा भर्ना भएका उनका फुपूका छोरा पुरण भट्टराईको पोशाक लगाएर भिडिओ खिचेको खुलेको छ। कार्कीका अनुसार पुरणले उक्त पोशाक खोलेर घरबाहिर गएका बेला रेग्मीले लगाएर भिडिओ खिचेका थिए।

‘हामीले गाँजा खानुपर्छ खुवाउनुपर्छ भन्ने कुरालाई गम्भीर रुपमा लिएको हो। म्यादीलाई हामीले कडा अनुशासन सिकाएका छौँ’, उनले भने, ‘टिकटक बनाएर नाच्नु भन्ने अलग कुरा हो। त्यो अपराध गरेको होइन तर गाँजा खुवाउनुपर्छ भन्नु राम्रो होइन।’

‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो। तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो? बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड’, उनले भिडिओमा भनेका थिए, ‘कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी। माँ कसम! निखिल उप्रेती मेरो नाम नेपालभर चिन्छ। इन्स्पेक्टर त डराउँछ, माथिका त डराउँछन्। नेपालको कानुन डराउँछ।’

Loading...