


टीकापुरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको सम्पर्क कार्यालय खुलेको छ । कार्यालयको उद्घाटन गठबन्धनका नगर प्रमुख नवराज रावल, उपप्रमुख खडकबहादुर शाह र वडा नम्बर १ का वडाध्यक्ष सूर्यचन्द्र भट्टराईले सयुक्त रुपमा गर्नुभएको हो ।


प्रमुख उम्मेदवार तथा नेपाली काँग्रेसका नेता नवराज रावलले तीन दलीय गठबन्धनका उम्मेदवार विजयी भए विकासमा पनि हातेमालो गर्ने र टीकापुरको विकास हुने बताउनुभयो । कार्यालय टीकापुर ब्लक ए गोलघर नजिकै खुलेको छ ।



