खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार घाइते

बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन्। गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार ५५ वर्षका हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो।

Dadeldhura hospital

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदलाई गएराति १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदको टाउको, हात, मुखमा चोट लागेको छ।

Navadurga sun
Godawari sandesh

खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा उपचार हुन ससकेपछि धनगढी रेफर गरिएको छ। घटनाका विषयमा जानकारी आएको र थप बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

Loading...