सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही स्वरुप सय रुपैयाँ जरिवाना

धनगढी, ८ बैशाख– धनगढीमा माक्स नलगाएर हिड्नेलाई कारवाही थालिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीलाको निर्देशनपछि सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालिएको हो। संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशन अनुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका हुन्।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

माक्स नलागाउने लाई सम्झाई बुझाई गदैँ एक सय रुपैयाँ जरीवाना गर्ने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए। बुधवार बिहानैदेखि प्रहरीले धनगढीका मुख्य चोकमा मास्कविना हिँडेकाहरूलाई कारबाही प्रकृया सुरु गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले सुरुमा सम्झाइबुझाई गर्न थालिएको र आवश्यक परे जरिवाना पनि तिराउने गरेको बताए।

Loading...