छलफल गर्याे गोदावरी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयले दलहरुसँग





अत्तरिया, १० बैशाख- यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गोदावरी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयले सर्बदलिय छलफल गरेको छ ।



गाेदावरी नगरपालिका वडा नं. १ काे कार्यालयकाे सभाहलमा शनिबार सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई बिहान बोलाएर छलफल गरेको हो ।


निर्वाचन अधिकृत राजेन्द्र सिँ भण्डारीका अनुसार स्थानीय चुनावलाई मध्य नजर गरेर आगामी दिनमा निर्वाचनलाई स्वच्छ र धादली रहित बनाउनकाे लागि सबैकाे साथ सहयोग र समन्वयबाट गरेर जानुपर्ने बिषयका बरेमा छलफल गरिएको छ । उनले मनोनयन दर्ता, आचार संहिताको पालना, मतदान केन्द्रको बारेमा सबैलाई जानकारी गराइएको बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकामा कृयासिल दलहरुको सहभागीता रहेको थियो । गाेदावरी नगरपालिकाका सूचना अधिकारी तथा निर्वाचनका सहायक मतदान अधिकृत शिवराज भाटले मनोनयन दर्ता देखि निर्वाचन आचर सहिताका बारेमा समेत प्रकाश पारेका थिए । यही वैशाख ११ र १२ गते निर्वाचन आयोगले मनोनयन दर्ताको समय तोकेको छ ।



