धनगढीको स्वास्थ्य तालिम केन्द्रमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना

८८ वटै स्थानीय तहहरुमा कार्यालय स्थापना

धनगढी, ८ बैशाख- कैलालीको धनगढी स्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि कार्यालय सञ्चालनमा ल्याइएको हो ।

Dadeldhura hospital

बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार लगायतका सरोकारवालाहरूको उपस्थितिमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन कैलालीका प्रमुख निर्वाचन अधिकृत जयानन्द पनेरुले गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढी उप-महानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।

कैलाली जिल्ला अदालतका मुख्य न्यायाधीश जयानन्द पनेरु कैलालीका मुख्य निर्वाचन अधिकृत तोकिएका छन् भने उनले शान्तिपूर्ण, भयरहित र धादली रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै तह तप्काबाट सहकार्य गरेर लाग्न आग्रह गरेका छन्। यो सहित सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापन भई कार्य प्रारम्भ समेत भएको जनाइएको छ ।

Loading...