कैलालीमा लागूऔषधि सहित २ जना पक्राउ

धनगढी, ७ बैशाख– कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधि सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ७ नारायणपुर बस्ने वर्ष २० का लोकेश शाही र २० वर्षीय सुरेश रावल रहेका छन् ।

Dadeldhura hospital

बुधबार सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डाबाट खटिएको टोलीले उनीहरुलाई १५० गोटा नाइट्राभेट, ६० गोटा विकेयर र १ ग्राम चरेश सहित पक्राउ गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उनीहरुलाई टीकापुर नगरपालिका वडा नं. ७ जयशंकरघाट सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरामा बुझाइएको गणले जानकारी दिएको छ ।

Loading...