ट्रक दुर्घटनामा चालकको मृत्यु






धनगढी, ७ बैशाख– कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ५ सिहासन सामुदायिक बन नजिक म.१ क ४०७ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते छन् ।


ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय २० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक गौरीगंगा नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षीय थम्मन प्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सह चालकको धनगढीमा उपचार भइरहेको छ ।



