आफुहरुको ५ बर्षे कार्यकालमा नगरपालिकाबाट न्याय पाईन्छ भन्ने कुरा स्थापित भएकाे छ: उपप्रमुख रत्ना कडायत

अत्तरिया, ६ बैशाख- गोदावरी नगरपालिका न्यायिक समितीकी संयोजक एबम नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आफुहरुको ५ बर्षे कार्यकालमा नगरपालिकाबाट न्याय पाईन्छ भन्ने कुरा स्थापित भएको बताएकी छन् । न्यायिक समितीले ५ बर्ष भित्र गरेको कार्यकालको समिक्षा गर्दै उनले यस्तो बताएकी हुन् । ‘सिमित अधिकारका बिच हामीले न्याय सम्पादन यो ५ बर्षमा सन्तोषजनक रुपमा गरेका छौं । शुरुशुरमा कसरी गर्ने अलमल भएपनी बिस्तारै हामीले पनि सिक्दै गयौँ र कसैलाई अन्याय हुने गरी निर्णय गरेका छैनौ,’ उनले भनिन्।

Dadeldhura hospital

उनले धेरै जसो मुद्दाहरुमा मेलमिलाप गरेर पठाउने गरेको बताईन् । मेलमिलाप हुन नसकेको मुद्दाहरु इजालस मै लगेर दुबै पक्ष बिच छलफल गर्ने गरेको उनको भनाई रहेको छ । उनले उपमेयरको अधिकार बढाउनु पर्नेमा देशभरका उपमेयरहरु एकमत रहेको दाबी गरिन् ।

Navadurga sun
Godawari sandesh

५ बर्षमा भएका न्याय सम्पादनहरू
गोदावरी नगरपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष २०७४-७५ देखि २०७८-७९ सम्म ३७५ मुद्दा दर्ता भएका थिए। जसमा फछ्यौट विवाद संख्या ३ सय ५७ रहेका छन् । हाल प्रकृयामा रहेका विवादको संख्या १८ रहेका छन् ।

उनका अनुसार नगरपालिकामा आउने बढि जसो बिबाद जग्गा सम्बन्धी हुने गरेका छन् । आब २०७४-७५ देखी हाल सम्म १६८ वटा मुद्दा जग्गा बिबाद सम्बन्धी रहेका छन् । यस्तै महिला हिँशा सम्बन्धी ५२ वटा मुद्दाहरु दर्ता भएकोमा सबै समाधान गरिएको समितीका संयोजक कडायतले बताईन् । लेनदेन सम्बन्धी बिबाद ४४ वटा, कुटपिट र गालीगलौच सम्बन्धी २० वटा ,बाटो बिबाद सम्बन्धी २३ वटा मुद्दाहरु न्यायिक समितीमा आएको भएपनी सबैको समाधान गरिएको छ ।

Loading...