कैलाली प्रहरीको कमाण्ड एसपी राठौरले सम्हाले




धनगढी, ५ बैशाख– कैलाली प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले सम्हालेका छन्। कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीको काज सरुवा गर्दै प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा राठौरलाई पठाएको हो।



एसपी राठौरले कैलाली पुगेर सोमबारदेखि नै जिल्लाको कमाण्ड सम्हालेका हुन्। एसपी राठौरलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशी लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका हुन्।


त्यस्तै आज उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।