भोली कैलालीको अत्तरिया चोकमा स्व राजा महेन्द्रको सालीक राखिने




अत्तरिया, ४ बैशाख- कैलालीको अत्तरिया चोकमा सोमबार (भोली ) स्व राजा महेन्द्रको साढे ६ फिट अग्लो सालीक राखिने भएको छ । शालिक पुनः निर्माण समिती गोदावरी अत्तरियाले स्थानियको पहलमा सालीक राख्ने भएको हो ।



२०६२/६३ को जनआन्दोलनका क्रममा सालीक भत्किएको थियो । सुदूरपश्मि कै मुख्य चोक अत्तरिया विगत १६ वर्षदेखी बन्दै गएको र इतिहास नै ओझोलमा परेको भन्दै समितीले सालीक राखिने यस अघि नै बताएको थियो ।


सालीक निर्माणको लागी स्थानिय बिभिन्न ब्यक्तीहरुले आर्थिक सहयोग गरेको समितीका अध्यक्ष हरी दत्त भट्टराईले बताए । उनले सबै तयारी पुरा भएको जानकारी दिए। उनका अनुसार सालीक सहित बिहान अत्तरिया बजार परिक्रमा गरेर चोकमा सालिक राखिने बताए ।