नेकपा एमाले बैतडीका युवा नेता चन्द समाजवादीमा समाहित भएको घोषणा




बैतडी, ४ बैशाख– नेकपा एमाले बैतडीका युवा नेता राजेन्द्र चन्दले नेकपा एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका छन् । आइतबार प्रेश विज्ञप्ती जारी गर्दै चन्दले एमाले परित्याग गरी एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका हुन् ।



चन्द एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य थिए । ‘२०६४ सालदेखि हालसम्म नेकपा एमाले पार्टीमा वडा कमिटी हुँदै जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य पदमा रहेर इमान्दारिता पूर्वक काम गर्दै आएको थिए,’ उनले भने ।


एमाले पार्टीमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गरेपनि पछिल्लो समय व्यक्तिवादी चरित्र, तथा विधि, विधान विपरितका अलोकतान्त्रिक कार्यहरु भएकाले एमालेबाट छुट्टिएको उनको भनाई रहेको छ ।
‘नेकपा एमालेका स्थानीय तथा जिल्ला स्तरमा पार्टीभित्रका नेताहरूमा गलत, भष्ट्राचारी तथा गैरकम्युनिष्ट गतिविधि पलाउँदै गएको छ,’ उनले भने, ‘मैले आजैका मितिदेखि नेकपा एमाले परित्याग गरि कमरेड माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी प्रवेश गरेको छु ।’



