सुदूरपश्चिम विश्वविद्यालयमा कानून संकायका विद्यार्थीले लगाए ताला




धनगढी, ४ बैशाख- सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा तालाबन्दी गरिएको छ । कानून संकाय अन्तरगत बिएएलएलबीका क्याम्पसमा तालाबन्दी गरेका हुन् ।


उनीहरुले आईतबार प्रशासन र प्रिन्सिपलको कार्यालयमा तालबन्दी गरेको बताएका छन् । कानून संकाय अन्तर्गतको बिएएलएलबीको परीक्षामा प्रश्नपत्र र उत्तर लेख्ने माध्यम नेपाली-अङ्ग्रेजी दुवै हुनुपर्ने उनीहरुको माग छ ।



विश्वविद्यालयले मनपरी रुपमा अंग्रजी माध्यम मात्रै लागू गरेको उनीहरुको आरोप छ । यस विषयमा विगतदेखि नै आफूहरु आन्दोलनरत रहेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले यसअघि क्याम्पस प्रशासन र डिन कार्यलयसंग समेत छलफल गरेका थिए ।
तर, प्रशासनले बेवास्ता गर्दै आइरहेको उनीहरुको भनाइ छ । त्यस्तै उनीहरुले वैशाख ५ गतेबाट क्याम्पसले गर्ने भनेको मध्यसत्र परीक्षा पनि बहिस्कार गर्ने जनाएका छन् ।
भाषा माध्यमको समस्या विश्वविद्यालय अन्तरगतका कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पसमा पनि रहेको बताइएको छ । माग सम्बोधन नभए आन्दोलनलाई थप आक्रामक बनाउने विद्यार्थीहरूले चेतावनी दिएका छन् ।