मोटरसाइकल र एम्बुलेन्स एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

धनगढी, २ बैशाख– कैलालीमा हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल र एम्बुलेन्स एकआपसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका जानकी गाँउपालिका–३ का ५० वर्षिय छोटेलाल चौधरीको मृत्यु भएको हो ।

Dadeldhura hospital

सोही गाउँपालिका–६ धर्मापुर बस्ने ५० बर्षिय रामदयाल चौधरीले मोटरसाइकल चलाइरहेका थिए । से.२ प २५८४ नम्बरको मोटरसाइकल र बिपरीत दिशातर्फ जाँदै गरेको भे.१ च २४०९ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किएका थिए ।

Navadurga sun
Godawari sandesh

एम्बुलेन्स टीकापुर नगरपालिका–४ मौरनियामा एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । राजापुर नगरपालिका–७ रामपुर बस्ने ३१ बर्षिय एम्बुलेन्स चालक कालिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा सवार दुबै जना मध्ये छोटेलाल चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

Loading...