गोदावरी मेयर कप भलिबल प्रतियोगिता सम्पन्न, उपाधि अछामको पोल्टामा

अत्तरिया, ३० चैत- कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय मेयर कप भलिबल प्रतियोगीता सम्पन्न भएको छ । अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लव अत्तरियाले चैत २६ गतेबाट सुरु गरेको भलिबल प्रतियोगिता बुधबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

भलिबल प्रतियोगिताको समापन कार्यक्रम क्लवका अध्यक्ष नर बहादुर राईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै विशिष्ठ अतिथीमा साँफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मा, नेपाल राष्ट्रिय भलिबल खेलका प्रशिक्षक, पूर्व खेलाडी, नेपाल भलिबल संघका सचिव जगदिश भट्ट, नेपाल खेलकूद महासंघका सुदूरपश्चिम अध्यक्ष प्रकाश चन्द रहेका थिए ।

Dadeldhura hospital

त्यसैगरी नेपाल राष्ट्रिय खेलकूद महासंघका केन्द्रिय सचिव दिपेन्द्र गिरी, नेपाल राष्ट्रिय खेलकूद महासंघका केन्द्रिय सदस्य रजत जंग शाही, गोदावरी नगरपालिकाका पूर्वाधार विकाश शाखा प्रमुख पूणर् कुँवर, खेल संयोजक बिक्रम बिष्ट, दिपक कडेल लगायतको सहभागिता रहेको थियो ।

उक्त सम्पन्न प्रतियोगिताको उपाधि प्रमख प्रशासकीय अधिकृत साफेबगर नगरपालिका अछामको टिमले जित हात पार्न सफल भएको छ । प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि भएको फाइनल खेलमा पे वेल नेपालको टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै अछामको टिम विजयी भएको हो ।

विजेता बनेको अछामको टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेता बनेको पे वेल नेपालको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ भने तेस्रो बनेको कञ्चन खाद्य उद्योग टीकापुरको टिमले ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी अछामका धन बहादुर भट्ट भएका छन । उनले नगद १० हजार हात पारेका छन ।

त्यस्तै बेष्ट स्पाइकर कञ्चन खाद्य उद्योग टीकापुर प्रशान्त शाहु, बेस्ट सटर अछामका महेश खत्री, बेस्ट ब्लकर पे वेल नेपालका रमेश बम, बेस्ट सरभर पे वेल नेपालकै धिरज बस्नेत, बेस्ट डिफेन्डर सिवाईसी अत्तरियाका मोहन सारुमगर भएका छन । त्यस्तै उदयीमान खेलाडी सिवाईसी अत्तरियाकै पवन ऐर भएका छन । उनीहरुलाई नगद ५/५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

न्यू सृजनशिल युवा क्लव अत्तरियाको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रवद्धकका रुपमा गोदावरी नगरपालिका रहेको थियो । चैत २६ गतेबाट सुरु भएको प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहेको थियो ।

Loading...