कैलालीकाे धनगढीमा क्लव स्तरीय क्रिकेट प्रतियोगिता हुने

धनगढी, २३ चैत- कैलालीको धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ । लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलता पुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. ले धनगढी सुपरलिग डिएसएल-१ को आयोजना गर्न लागेको हो ।

Dadeldhura hospital

यो क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुने जनाइएको छ । धनगढीलाई क्रिकेटमय बनाई राख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा जुटेका खेलाडीहरुको हौसला बढाउन यो प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले बताएको छ ।

Navadurga sun
Godawari sandesh

यो प्रतियोगिता संचालनले क्रिकेटको विकास, विस्तार र खेलप्रति सकारात्मक सहभागिता र सहयोग हुन्छ भन्ने अभिप्राय रहेको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगितामा नेपालभरका उमेर समुहका चर्चित क्रिकेट खेलाडी र सिनियर खेलाडीहरुको सहभागिता रहनेछ ।

कैलाली जिल्ला क्रिकेट संघ तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको समन्वय र नेपाल क्रिकेट संघ (क्यान) को अनुमति लिई यो प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता पुरस्कार भने केहि दिनपछि धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी गराउने जनाइएको छ ।

Loading...