एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय भेला धनगढीमा शुरू, दोधरा चाँदनीबाट १२ जना एमालेमा प्रवेश

धनगढी, २१, चैत– एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन चुनावी प्रचार रणनीतिक भेला धनगढीमा शुरू भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा प्रेस चौतारी नेपालको संयोजनमा धनगढीको रिद्वीसिद्वी पार्टी प्यालेसमा रणनीतिक भेला शुरू भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

भेलामा माओवादी केन्द्र परित्याग गरि दोधरा चाँदनीबाट तीन नगर कमिटी सदस्यसहित १२ जना एमालेमा प्रवेश गरेका छन् ।
नगर कमिटी सदस्य दामोदर प्रसाद भट्ट, अर्जुन गिरी, जनक थापा, वडा कमिटीका लोकराज अवस्थी, महेन्द्र प्रसाद भट्ट, गगन महरलगायतका १२ जना एमालेमा प्रवेश गरेका हुन् ।

Navadurga sun

उनिहरुलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । माओवादी विचरा, सिद्धान्तबाट विचलित भईसकेको र एमालेले सुखि नेपाली, समृद्ध नेपालको अभियानलाई साकार बनाउने भन्दै उनिहरुले पार्टी प्रवेश गरेको बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...