डोटी जीप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुल्यो

डोटी, २० चैत– डोटी जीप दुर्घटनामा ज्यान गुमाएका २ जना मृतक र ७ घाइतेको पहिचान खुलेको छ । दुर्घटनमा परि पूर्वीचौकी गाउँपालिका वडा नं. ३ डोटीका २९ वर्षीय खेम बोहरा र ४५ वर्षका पुरन बोहराको सनाखत भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शारदा प्रशाद चौधरीले बताए ।

Dadeldhura hospital

त्यस्तै घाइते हुनेमा पूर्वीचौकी गाउपालिकाका योशोदा बोहरा, मोहन बोहरा, कमरसिंह बोहरा, टंक बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशी रहको प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

आइतबार साँझ जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. १ साझघाटबाट वडा नं. ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चौधरीले बताए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको उनले बताए ।

Loading...