बैतडीका धानुक नेपाल प्रहरीको एआइजीमा बढुवा





बैतडी, १८ चैत- नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) रविन्द्र धानुक अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका छन् । बैतडी घर भएका धानुकसंगै वसन्त पन्त र धीरजप्रताप सिंहलाई एआइजीमा बुढवा गरिएको हो ।


बिहीबार बिहान बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई एआइजीमा बढुवा गर्ने निणर्य गरेको थियो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।



