डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु




डोटी, १५ चैत– डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ७ मा गजेडाबाट चौखुट्टे जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।



दुर्घटनामा ट्र्याक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं. ३ का २४ वर्षीय ज्ञानेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।


सहचालक अछामको चौरपाटी गाउँपालिका वडा नं. ३ का अन्दाजी २५ वर्षीय नरबहादुर भूलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सडक भत्केको र साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।



