बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइ पक्राउ

बझाङः बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइ पक्राउ परेका छन्। १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा छबिसपाथिभेरा गाउँपालिका २ का १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिई सोमबार मुद्धा दर्ता गरेको हो।

Ganyapdhura gau
Dadhaldhura pur

गत चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको आमा खेतमा पोस्रो (मल) फाल्न गएको मौका छोपी बालिकालाई छाना (गाइगोठमा) मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि लोभलालच देखाई बलात्कार गरेको र बलत्कार पछी बालिकालाई सोही ठाउँ छोडेर पिडक भागेको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Navadurga sun

आमा, छोरी घर फर्केपछी बालिकाले आफुलाई गाइगोठमा लिएर मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि बलात्कार गरेको कुरा आफ्नो आमालाई सुनाएपछी बालिकाको आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताइको छ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए। प्रहरीले स्वास्थ परीक्षण पछि बालिकालाइ महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाएको छ। बहिनी बलात्कारको आरोप लागेका दाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाइएको डिएसपी विष्टले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...