अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ बार्षिक साधारण सभा सुरु





अत्तरिया, ८ चैत– अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ बार्षिक साधारण सभा मंगलबार देखी शुरु भएको छ । गोदावरी २ तेघरीमा रहेको संस्थाको प्रांगणमा सभा शुरु भएको हो । साधारण सभाको खुल्ला सत्रको गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउँदले उदघाटन गरेका हुन् । सभाले १३ सदस्ययी नयाँ कार्य समिती समेत चयन गर्ने छ ।



२०५८ सालमा स्थापना भएको उक्त संस्थाका हाल ४ हजार २ सय ९७ उपभोक्ता रहेका छन् । बनदेबीमा हाल १३ करोड १९ लाख ८० हजार को लगानीमा खानेपानीको ट्याँकी निर्माणाधिन रहेका छन् । जसको क्षमता ४ लाख ५० हजार लिटर रहेको छ । संस्थाका ७ वटा बोर मध्य हाल ३ वटा मात्रै सन्चालनमा रहेका छन् । पानीको सतह सुक्दै गएकाले बाँकी ४ वटा बोरले काम गर्न सकेको छैन ।


बनदेबीमा निर्माणाधिन ट्याँकी मार्फत १३ सय ९३ घरधुरीलाई बितरण गरिने योजना रहेको संस्थाका अध्यक्ष टिकादत्त जोशीले बताए । मंगलबार साधारण सभामा नियमित कार्यहरु वार्षिक प्रतिबेदन, लेखा प्रतिबेदन लगायतका बिषयहरुमा छलफल भएको अध्यक्ष जोशीले बताए । उनका अनुसार निर्बाचन सम्बन्धी कार्य प्रारम्भ भने चैत्र १४ गते बाट शुरु हुने छ । चैत्र २६ गते नयाँ कार्य समितीको निर्बाचन हुने बताए ।



