सुदूर चिनारी १२ औँ वर्षमा, पद्मराज जोशी ‘प्रभात’ विशेषाङ्क लोकार्पण

धनगढी : डोटेली भाषाको पत्रिका सुदूर चिनारी १२ औँ वर्षमा प्रवेश गरेको छ । विगत ११ वर्ष देखि डोटेली भाषाको उन्नयनका लागि काम गर्दै आएको सुदूर चिनारीले आइतबार एक कार्यक्रमका बिच धनगढीमा ११ औँ वार्षिकोत्सवको अवसर पारी बहुप्रतिभाशाली व्यक्तित्व पदमराज जोशी ‘प्रभात’ विशेषाङ्क लोकार्पण गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

विशेषाङ्क लोकार्पण गर्दै सुदूर चिनारी पत्रिकाले ११ औँ वार्षिक उत्सव मनाएको हो । पत्रिकाका प्रकाशक/सम्पादक एन.के. जोशीले पत्रिकाले काली कणर्ाली क्षेत्रको भाषा, कला, संस्कृति, प्रकृति र त्यस्ता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिको समेत चिनारी दिलाउँदै आइरहेको बताउनु भएको छ । पत्रिकाका सम्पादक यज्ञराज यात्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यकारी सम्पादक निर्मल कुमार भण्डारीले गतिविधि र विशेषाङ्क प्रकाशनका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

Navadurga sun
Godawari sandesh

वार्षिक उत्सवको अवसरमा पत्रिकाले सुदूरपश्चिम जन्मिई, हुर्किई, यसै क्षेत्रलाई कर्मथलो बनाई यहाँको भाषा, साहित्य, कला, संस्कृति र धर्म दर्शनको क्षेत्रमा विशेष योगदान पुर्याउदै आइरहनु भएका साहित्यकार, संस्कृतिविद् पद्मराज जोशी ‘प्रभात’ का विषयमा केन्द्रित रही प्रकाशन भएको आफ्नो ६० औ अङ्कको सहभागीहरूबाट सामूहिक रूपमा लोकार्पण समेत गरेको छ ।

पत्रकार र साहित्यकारको सहभागिता गराइएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व सदस्य एवम् धनगढी पोस्टका सम्पादक कणर् शाह, साहित्यकार श्रेष्ठ प्रिया पत्थर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण उक्त पत्रिकाका सह-सम्पादक लेखराज जोशीले गर्नु भएको थियो ।

Couple
Loading...