मेयर कप क्रिकेट : खलंगा सेमिफाइनलमा प्रवेश

बैतडी, २८ फागुन– दशरथचन्द नगरपालिका वडा नं. ४ खलंगा बैतडीको देहिमाडौंमा जारी पाचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । खलंगाले दशरथचन्द नगरपालिका वडा नं. ३ दुर्गाभवानीलाई ९७ रनले पाखा लगाउदैं सेमिफाइनल प्रवेश गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

खलंगाले दिएको २२१ रनको विशाल लक्ष्य पन्छाएको दुर्गाभवानी १७.२ ओभरमा १२३ रनमा समेटियो । दुर्गाभवानीका उसका रविन्द्र नाथले सर्वाधिक ३७ रन बनाएपनि हार टार्न नसक्दा प्रतियोगिताबाटै बाहिरिएको छ । खलंगाका कप्तान मोहित भण्डारीले ३, प्रदीप चन्द र विरेन्द्र चन्दले २/२ विकेट लिए ।

Navadurga sun
Godawari sandesh

त्यसअघि निंग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गरेको खलंगाले निर्धारित २० ओभरमा प्रदीप चन्दको ८१ रनको मद्दतमा २२० रन बनायो । दुर्गाभवानीका शंकर नाथले २ विकेट लिए । खलंगाका प्रदीप चन्द म्यान अफ द म्याच भएका दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादर बोहराले जानकारी दिए ।

यस्तै अर्को खेलमा दशरथचन्द नगरपालिका ११ नागार्जुनले दशरथचन्द नगरपालिका ७ दुर्गास्थानलाई ९२ रनले पराजित गरेको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ । उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।

Couple
Loading...