डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि थालियो प्रारम्भिक अध्ययन

डडेल्धुरा, २८ फागुन– डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम अगाडि बढेको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरोन्नति गर्ने निणर्य गरेसँगै प्रारम्भिक अनुगमन टोलीले स्थलगत रूपमा निरीक्षण गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयको टोली मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिन डडेल्धुरा पुगेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार डडेल्धुरामा स्वास्थ्य प्रतिष्ठानका लागि केही वर्षयता अभ्यास गरिँदै आएकामा पछिल्लो समय सरकारले नै मेडिकल कलेजका लागि सैद्धान्तिक सहमतिको निणर्य गरेपछि गतिविधिहरू सञ्चालन भइरहेका छन् ।

Couple
Loading...