अत्तरियामा रहेको सेभ हाउसलाई खाद्यान्न सहयोग

अत्तरिया- कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खद्यान्न सहयोग गरिएको छ । अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको सेभ हाउसलाई हाम्रो नेपाल हामी नेपाली कैलाली जिल्ला कमिटीले आज (शनिबार) खाद्यन्न सहयोग गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उक्त जिल्ला कमिटीले सेभ हाउसलाई ७ कठ्ठा चामल, ५ लिटर तेल, ३ दर्जन नुहाउने साबुन, सोयाबिन पोका, दाल १० केजी, मिठाई २ प्याकेट लगायतका सामग्रीहरु सहयोग गरिएको हो ।

कार्यक्रममा सहभागी जिल्ला कमिटीका पदाधिकारीहरुले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा हाम्रो नेपाल हामी नेपाली कैलालीकी महिला प्रमुख रितु पाण्डे साहु, जिल्ला सचिव चन्द्र साउँद क्षेत्री, सुरक्षा बिभाग प्रमुख खगेन्द्र नाथ योगी, कञ्चनपुरका सहसचिब चक्र धामी र सदस्य खगेन्द्र अमर खड्का लगायतको सहभागिता रहेको थियो ।

भ्रष्ठचार बिरुद्धको देशब्यापी अभियानमा रहेको हाम्रो नेपाल हामी नेपाली कैलाली जिल्ला कमिटीले आगामी दिनहरुमा पनि आनथ असहायहरुका लागि निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाएका छन् ।

Loading...