मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा सुरु

बाजुरा, २२ फागुन- बाजुरा जिल्लाकोे बडिमालिका नगरपालिका वडा नं. ५ मना र त्रिवेणी नगरपालिका वडा नं.९ पैमामा संचालित मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा सुरु भएको छ ।

लघु जल विद्युत परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडीमालिका नगरपालिका उप प्रमुख कविता विष्ट प्रमख अतिथी रहेकी थिइन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

परियोजनाको तेस्रो साधारण सभामा बडिमालिका वडा नं. ५ का वडाध्यक्ष बलबहादुर थापा विशिष्ट अतिथी रहेका थिए । साधारण सभामा बडीमालिका नगपालिका वडा नं. ५ का जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, पत्रकार, राजनैतिक दलका प्रतिनिधि लगायत करिब २ सय जना उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

साधारण सभामा विद्युत संचालक समितिका अध्यक्ष दयाराम थापाले मनागाड लघु जलविद्युत परियोजनाको समग्र परिस्थिति प्रतिवेदन २०७८ पेश पेश गरेका थिए । २०६६ सालमा पैमा र मनाका सबै घर परिवारलाई उज्यालो दिने उद्देश्यका साथ निर्माण गरी संचालन भएको मनागाड लघुविघुत परियोजनाबाट हाल त्रिवेणी नगरपालिका वडा नं.९ पैमाका १ सय ९३ घरधुरी र बडिमालिका नगरपालिका वडा नं.५ मनाका २ सय २ घरधुरी लाभान्वित रहेका छन् ।

मासिक रुपमा करिव ४० हजार आम्दानी हुने परियोजनामा हाल १४ लाख ७५ हजार ४ सय ९५ रुपैयाँ आम्दानी भएको देखिएको छ । भने १४ लाख ७० हजार ८ सय ५४ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ४ हजार ६ सय ४१ रुपैयाँ बैंक मौज्दात रहेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारण सभामा प्रमुख अतिथि तथा बडीमालिका नगरपालिका उप प्रमुख कविता विष्टले मनागाड लघु विद्युत परियोजनाको लागि नगरपालिकाबाट गर्न सकिने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् ।

Loading...