खुला महिला तथा पुरुष व्याडमेन्टिन प्रतियोगिता सुरु

बाजुरा, १७ फागुन– स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाजुराले खुला महिला तथा पुरुष व्याडमेन्टिन प्रतियोगिताको आयोजना गरिएको छ ।

Ganyapdhura gau

“म हिड्छु मेरो प्रदेश हिड्छ अभियान, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय बाजुराले खुला डबल व्याडमेन्टिन प्रतियोगिताको आयोजना गरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

स्वास्थ्य दिवसको अवसरमा आयोजित महिला पुरुष खुला व्याडमेन्टिन प्रतियोगिताको समुद्घाटन सुदूरपश्तिचम प्रदेशका प्रमुख देवराज जोशीले व्यानर पढेर उद्घाटन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगर उपप्रमुख कविता विष्ट लगायत विशिष्ट अतिथी रहेका थिए ।

स्वास्थ्य कार्यालय बाजुराका कम्प्युटर अपरेटर प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भने स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले गरेका थिए ।

Couple
Loading...