भोली फागुन १९ गते सार्वजनिक बिदा 

अत्तरिया, १८ फागुन- भाली बिहीबार फागुन १९ गते सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको चाड ग्याल्पो ल्होसारको अवसरमा भोली बिदा दिने निर्णय गरिएकोे हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको बताएको छ ।

Dadeldhura hospital

गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनु भयो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक महान पर्व हो । यो पर्व खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन ।

Navadurga sun
Godawari sandesh

नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई बर्गीकरण गरिएको छ ।

Loading...