डडेल्धुरामा जीप दुर्घटना हुँदा १० घाइते

धनगढी, १७ फागुन- डडेल्धुरामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको अमरगढी नगरपालिका वडा नं. १० राइको मोड नजिक से१ज ४०१ नम्बरको जीप दुर्घटना भएको हो ।

Dadeldhura hospital

नवदुर्गा गाउँपालिकाबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप अनियन्त्रि भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जीप पल्टिँदा १० जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेकोमा ८ जना डिस्चार्ज भइसकेका र २ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ ।

Navadurga sun
Godawari sandesh

नवदुर्गा गाउँपालिका वडा नं.१ की ६० वर्षीया यशोदादेवी ऐर र र सोही ठाउँकी ५० वर्षीया सीता पार्कीको उपचार भइरहेको हो । जीप चालक नवदुर्गा गाउँपालिका वडा नं. १ कोटेलीका २८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...