सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरियो 

धनगढी, १६ फागुन– सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । जालझेल गरेर अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदन गरेको भन्दै पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको हो ।

Dadeldhura hospital

आज सोमबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयले गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध मात्रै ५ दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको उल्लेख गरेका छन् ।

Navadurga sun
Godawari sandesh

‘एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेनासमेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

जनमोचा एमसिसी विरुद्ध फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीयस्तरका विरोधसभा गर्ने निर्णयसमेत गरेको छ ।

Loading...